Logo
Logo

माधव नेपालकाे पार्टी सनाखतदेखि छानविन प्रतिवेदनप्रति अल्मुताइरीको असन्तुष्टीसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट थप ४४ जनाको मृत्यु , मंगलबारको तुलनामा कोरोनाबाट बुधबार ९ जना बढीको मृत्यु, बुधबार थप २४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, एन्टिजेनबाट ६२० र पीसीआरबाट १८ सय ८२ जनामा संक्रमण, बुधबार १७ सय ८१ जना संक्रमणमुक्त , हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ८७ पुग्यो, भेरोसेल खोपको दोस्रो डोज शुक्रवारबाट दिइने ।

२. नेकपा (एमाले)बाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत गर्ने क्रम सकियो, एकीकृत समाजवादीका केन्द्रीय सदस्य ५४ र संघीय संसद्का २९ सदस्यको सनाखत हुँदा लोकतान्त्रिक समाजवादी पार्टीका १६ केन्द्रीय कार्यकारिणी समिति सदस्य र १४ संघीय सांसदको सनाखत, दुवै दललाई प्रमाणपत्र प्रदान गर्ने विषयमा आयोग छलफलमा ।

३. सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झुट बोलेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, देशका अगाडि बेइमानी कुरा नगर्न चेतावनी, पहिला जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको ओलीको दाबी , माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचना ।

४. नेपाली काँग्रेसको इतिहासमा अहिले ठूलो विश्वासको संकट आएको वरिष्ठ नेता रामचन्द्र पौडेलको टिप्पणी, संकटले पार्टीलाई बलियो नबनाउने भन्दै पारदर्शी ढंगले क्रियाशील सदस्यता वितरण गर्नुपर्नेमा जोड, ञ्चायत र माओवादी आन्दोलनमा विचलित नभएका कार्यकर्तालाई पाखा लगाएर क्रियाशील सदस्यता बाँडिनु दुखद भएको पौडेलको प्रतिक्रिया, संवैधानिक संकट टार्न पनि १८ गते चुनाव हुनै पर्नेमा जोड ।

५. सर्वोच्च अदालतद्वारा न्याय क्षेत्रमा हुने अनियमितता भ्रष्टाचार र बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूका सम्बन्धमा न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदन सार्वजनिक, न्यायाधीशको सरुवा र काज, न्यायाधीशमाथिको कारबाहीमा असमानता, विचौलियाका कारण भ्रष्टाचार बढेको प्रतिवेदनको निष्कर्ष,न्यायाधीश नियुक्तिको सिफारिसदेखि नै न्यायालयमा विकृति, विसंगतिको प्रारम्भ हुने भन्दै त्यसमा सुधार गर्नुपर्ने सुझाव ।

६. संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई पूर्वप्रधानन्यायाधीशहरुको आग्रह, पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति, संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमूना जस्तो राजनीति दलहरुले गरिरहेको भन्दै कार्कीको असन्तुष्टि, संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको श्रेष्ठको आरोप ।

७. घरजग्गा, सम्पत्ति लगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन काठमाडौँ महानगरले बाजागाजासहित घरघरमा पुगेर सुरु गर्यो दबाब कार्यक्रम, न्युरोडका तीन व्यावसायिक सपिङ कम्प्लेक्स, खुस्बुको एक ह्वाइट फिल्ड स्कुल, सोल्टीमोडको होटल प्ल्याटिनियम र राइड सेयरिङ्ग ‘पठाओ’ मा महानगरको विशेष टोली बाजागाजासहित गएर कर तिर्न दियो दवाव, ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी ।

८. लगातार दोस्रो दिन पनि फराकिलो अन्तरले घट्यो सेयर बजार, कारोबार पनि १२ अर्बमा सीमित, तेह्रथुम पावरको आइपीओमा पहिलो दिन नै गरे साढे पाँच लाखले आवेदन, लघुवित्त कम्पनीले काठमाडौंमा कर्पोरट कार्यालय खोल्न पाउने,एनएफआरएस अनुसार रिपोर्ट निकाल्नु पर्ने, चन्द्र ढकालले धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा दिए ,ढकालको ठाँउमा महासंघले अन्जन श्रेष्ठलाई पठाउने, नयाँ आर्थिक बर्ष लागेपछि बैंकबाट ८५ अर्ब रुपैयाँ निक्षेप गायव, ऋण भने ५७ अर्ब रुपैयाँले बढ्यो ।

९. ओमानमा परीक्षण गर्दा राष्ट्रिय क्रिकेट टिमका सबैको रिपोर्ट नेगेटिभ, नेपालले सिरिजको पहिलो खेल अमेरिकासँग खेल्ने, एन्फा विवादबारे छानविन समितिले बुझायो ११ बुँदे सुझावसहितको प्रतिवेदन, प्रशिक्षकले व्यवहोरा सुधार्नुपर्ने सुझाव, प्रशिक्षक अल्मुताइरीले असन्तुष्टी जनाउँदै दिए नेपाल छाड्ने चेतावनी, अन्तिम पटक वार्ता गर्ने एन्फाको तयारी, पारालोम्पिकमा अफगानिस्तानको झण्डा देखियो, खेलाडी अनुपस्थित ।

१०.र, काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू, विश्व बैंकद्वारा अफगानिस्तानलाई दिने आर्थिक सहयोग रोक्का, अफगान नागरिकलाई देश छाड्न नदिने तालिवानको घोषणा, विमानस्थल जाने बाटो बन्द, तालिबानले पंजशीरका लडाकुसँग वार्ता गर्ने, अमेरिकाले पाकिस्तानी सैन्य आधार प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले सरकारसँग माग्यो स्पष्टीकरण, म्याडग्यास्करमा चरम भोकमरी, चार वर्षदेखि भएन वर्षा, बाच्नका लागि किराफट्याङ्ग्रा खाँदै स्थानीय, लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता ।

प्रतिक्रिया दिनुहोस्