मोरङमा बिचौलियाहरुको भागाभाग « Drishti News – Nepalese News Portal
Logo

मोरङमा बिचौलियाहरुको भागाभाग


दृष्टि न्यूज



विराटनगर ।
मोरङको विराटनगरबाट प्रहरीले विचौलियामा संलग्न थप १० जनालाई पक्राउ गरेको छ । अस्पतालहरुमा बिचौलियाको काम गर्नेहरु पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा दुहवी का ५४ बर्षीय श्रीराम चौधरी, सिरहा–२ का २० बर्षीय सुर्य नारायण यादव, मोरङ कटहरी ३ का ४२ बर्षीय मो.जलिद, विराटनगर ७ का १८ बर्षीय विश्वास मण्डल विराटनगर १४ का २३ बर्षीय रोशन गुप्ता, विराटनगर ४ का १९ बर्षीय सुजित यादव त्यस्तै गरी विराटनगर ५ का २२ बर्षीय फिरोज रोय, २१ बर्षीय समिर खान, १८ बर्षीय सरोज खान र विराटनगर ३ का १८ बर्षीय अमित यादव रहेका छन् ।
उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन“ भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको पाईएको छ ।
मोरङ प्रहरीले बिचौलियाविरुद्ध निरन्तर कारबाही थालेपछि उनीहरुको भागाभाग सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्