Logo
Logo

भारतले अफगानिस्तानकी महिला सांसदलाई फिर्ता पठायो



एजेन्सी । भारतले अफगानिस्तानकी एक महिला सांसद्लाई फिर्ता पठाएको छ । टर्कीको इस्तालबुलबाट एक साताअघि भारतको नयाँदिल्ली आएकी अफगानिस्तानकी महिला सांसद रञ्जिना कारगारलाई पुनः टर्की फिर्ता पठाइएको हो ।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार कारगार अगष्ट २० मा दुबई फ्लाइटबाट नयाँ दिल्ली आएकी थिइन् । फरयाब प्रान्तबाट वोलेसी जिग्राको सदस्यको रुपमा प्रतिनिधित्व गर्दै आएकी उनीसँग कूटनीतिक/आधिकारिक पासपोर्ट छ, जसअनुसार उनले बिना भिसा भारतको भ्रमण गर्न पाउँछिन् ।

सन् २०१० यता कारगार अफगानिस्तानको सांसद रहँदै आएकी थिइन् र उनले सोही पासपोर्टको आधारमा धेरैपटक भारतको भ्रमण पनि गरिसकेकी छिन् । भारतले उनलाई फिर्ता पठाउँदा कुनै कारण भने दिएको छैन । 

प्रतिक्रिया दिनुहोस्