Logo
Logo

महोत्तरीमा झन्डै नौ सय घर डुबानमा



महोत्तरी । अविरल बर्षाका कारण महोत्तरीमा झन्डै नौ सय घर डुबानमा परेको छ । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको हो ।

प्रहरीले जनाए अनुसार बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको जानकारी दिए ।

बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको उनको भनाई छ । घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको छ ।

जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको छ । दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्केको हो ।

प्रतिक्रिया दिनुहोस्