Logo
Logo

२ हजार ६५ संक्रमित थपिए, २५ जनाको मृत्यु



काठमाडौं । नेपालमा शुक्रबार दुई हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ११७ नमुना परीक्षण गर्दा दुई हजार ६५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ५७७ र एन्टिजेनबाट ४८८ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८ हजार ७५२ जनाको आरटी पीसीआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार ३३७ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ।

प्रतिक्रिया दिनुहोस्