Logo
Logo

भारतद्वारा बाढीपहिरो पीडितका लागि राहत सहयोग



काठमाडाैं । बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले राहत सामग्री सहयोग गरेको छ ।

शुक्रबार काठमाडौको लैनचौरस्थित भारतीय दुतावासमा आयोजित एक कार्यक्रमकामा दुतावासकी मिशन उप–प्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट आठ करोड रुपैया बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरिएको हो ।

भारत सरकारले सहयोग गरेको सामग्री बाढी तथा पहिरो प्रभावित १५ जिल्लामा वितरण गरिनेछ । पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने सांसद चौधरीले जानकारी दिइन् ।

कार्यक्रममा दूतावासले भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्