Logo
Logo

१ हजार ८५७ संक्रमित थपिए, २७ जनाको मृत्यु



काठमाडौं । नेपालमा शनिबार एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार १७६ नमुना परीक्षण गर्दा एक हजार ८७५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ५१६ र एन्टिजेनबाट ३४१जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ हजार ४०९ जनाको आरटी पीसीआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार २२२ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्