Logo
Logo

प्रहरीको सफलताः बाघको छाला र दाँतको कारोबारमा संलग्न गिरोह समातियो




तनहुँ । वन्यजन्तु तस्करीमा संलग्न एक गिरोह समातिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय, तनहुँबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।


तनहुँ व्यास नगरपालिका वडा नं.५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडक भएको एकान्त स्थानको चोकमा शंकास्पद गतिविधि तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाछ बाघको छाला, दाँत, हड्डी र खप्पर लगायतका चिज वस्तुहरु फेला परेको हुँदा उनीहरुले अपराध कार्यमा प्रयोग गरेका सवारी साधनहरु समेत बरामद गरी तीनै जना व्यक्तिहरु उपर थप अनुसन्धानका लागी जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको तनहुँका एसपी दिनेशराज मैनालीले बताए ।


पक्राउ पर्नेहरुमा तनहुँका अर्जुन श्रेष्ठ, सन्जित गुरुङ र सन्तोष गुरुङ छन् ।
श्रेष्ठको साथबाट ५ फिट ७ इन्च लम्बाई २ फिट ५ इन्च चौडाई भएको बाघको छाला, ३ फिट लम्बाई १ फिट ५ इन्च चौडाई भएको बाघको छाला थान, बा ४९ प ५९२३ नं.को डियो कालो सिल्बर रङको स्कुटर बरामद भएको छ ।


सन्जित गुरुङको साथबाट बन्य जन्तु बाघको शरीरको बिभिन्न भागको हड्डीहरु सानो ठुलो गरी जम्मा १२२ वटा ,२२० सिसीको ग १८ प ५४११ नं.को रातो कालो रङको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।


त्यस्तै सन्तोष गुरुङको साथबाट १८० सिसीको बा ३५ प ५४५१ नं.को रातो/कालो रङको पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्