Logo
Logo

प्रहरीले समात्यो नौ करोडको लागुऔषध




काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो(एनसिबी)ले लागु औषधको कारोबारमा संलग्न एक अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई पक्राउ गरेको छ । दुई किलो नौ सय ६६ ग्राम कोकिनसहित प्रहरीले दक्षिण अफ्रिकाकी सिमे गामा, तान्जानियाका लियोनार्द किमारो र भारतीय नागरिक विजय सिंहलाई पक्राउ गरेको हो ।

बरामद कोकिनको मुल्य करिब नौ करोड रुपैयाँ रहेको ब्यूरोका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
दक्षिण अफ्रिकाकी गामा कोकिन लिएर अफ्रिकाबाट दोहा हुँदै गत ३ भदौमा काठमाडौं आएकी थिइन् । उनलाई निरन्तर पिछा गरी प्रहरीले गिरोहका तीन जनालाई पक्राउ गरेको हो । उनीहरुमध्ये तान्जानियाकी किमारो सिन्धुली हुँदै भारत भाग्न खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो सफल अनुसन्धानलाई एनसिबीले अप्रेसन कोक नाम दिएको छ । यसबाट अन्तर्राष्ट्रिय गिरोह पत्ता लाग्ने प्रहरी आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्