Logo
Logo

लुम्बिनीमा मन्त्रालय बढाएर १३ पुर्‍याइयाे



बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले ११ बाट बढाएर १३ पु¥याएको हो ।

मन्त्रीको आकांक्षी धेरै भएपछि सरकारले मन्त्रालय फुटाएर १३ पु¥याएको हो । मन्त्रालय बढाएपनि मन्त्रिपरिषद विस्तार हुन अझै एक साता लाग्ने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले २८ साउनमा सपथ लिएसँगै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए ।

त्यसमध्ये ३ जना मन्त्री अझै विना विभागीय छन् । लुम्बिनीमा चार दलीय गठबन्धनको मिलिजुली सरकार बनेको छ ।

प्रतिक्रिया दिनुहोस्