Logo
Logo

मौसम पूर्वानुमानः आज पनि भारी बर्षाको सम्भावना



काठमाडौं । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन—चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्