Logo
Logo

नेपाल-युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ राई नियुक्त



काठमाडौं । लोकप्रिय अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । दयाहाङलाई युरोपियन युनियनले महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएको छ ।

नायक राइले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताए । महामारीका कारण चलचित्रका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले चलचित्रकर्मीमा उर्जा संचार गर्ने उनले विश्वास व्यक्त गरे ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ ।

योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्