Logo
Logo

समाजवादको बाटोमा एक ढिक्का हुन आग्रह



काठमाडौं । पाँचथर प्रदेश सभा सांसद गणेस कुमार काम्बाङले समाजवादको बाटोमा निर्धक्क भएर एक ढिक्का हुन आग्रह गरेका छ्न् ।नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता काम्बाङले नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलन अगाडि बढाइएको भन्दै सबैलाई एक ढिक्का हुन आग्रह गरेका हुन् ।

नेता काम्बाङले ओलि समूहले अनेक लान्छ्ना लाउँदैमा आफूहरु कमजोर नहुने बताए । आफूहरुले युवा पुस्ताको माग र मर्म अनुरुप समाजवादको यात्रा अगाडि बढाउने उनले बताए ।

उनले नेपाल कम्युनिस्ट आन्दोलनलाई नयाँ आयाम दिन लगेकाले सबै बामपंथीलाई गोलबध गर्दै लैजाले तरिकाले सबाजवादी पार्टीको स्थापना भएको जिकिर गरे ।

पाँचथरका एमाले संस्थापक सदस्य तथा २०३८ सालदेखी एमालेका सक्रिय नेता काम्बाङ एमाले पार्टीको केन्द्रिय सदस्य हुन् । उनी दोस्रो संविधान सभा सदस्य, तथा पार्टीको मेची सह इन्चार्ज र जिल्ला अध्यक्ष समेत रहेका थिए ।

उनी प्रदेशसभा पाँचथरको निर्वाचन क्षेत्रनम्बर )क)बाट विययी भएका थिए । काम्बाङलाई एमालेका एक कुसल र इमान्दार नेताको रुपमा लिइने गरिन्थ्यो ।

एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका उनी पार्टीक केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्