Logo
Logo

नेकपाका भातृ संगठनको एकता अझै अन्योलमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लाकै अध्यक्ष र सचिवको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले सबै जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।


अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’सहित पार्टीका शीर्ष नेताहरुबीच बसेको बैठकले सबै जिल्लाका लागि अध्यक्ष र सचिव टुंगो लगाएको हो । तत्कालीन एमालेबाट ४५ तथा माओवादीका तर्फबाट ३२ जिल्ला भागबन्डा गरिएको छ ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा सोमबार जिल्लाका एकताको घोषणा गर्न लागिएको छ । भातृ संगठनबारे अझै निर्णय हुन नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्