Logo
Logo

२ हजार ५२ संक्रमित थपिए, २० जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार २ हजार ०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर तीन हजार ३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३४ हजार १९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार ८१२ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५६३ जना आइसीयूमा र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। देशभर ३११ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्