Logo
Logo

सेल-पेले ल्यायो क्यासब्याक योजना



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेल–पे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत सेल–पेका Full KYC ग्राहकले हप्ताको एक पटक मोवाइल टपअप गर्दा १५ प्रतिशतसम्म क्यासब्याक पाउन पाउने छ । यो योजना १६ भदौदेखि अर्को सूचना जारी नभएसम्म लागू जनाइएको छ ।

सेल–पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो ।

प्रतिक्रिया दिनुहोस्