Logo
Logo

सेजन अध्यक्षमा जनार्दन बराल निर्वाचित



काठमाडाैं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा बरालले १ सय १४ मत प्राप्त गरेका छन्। अध्यक्षका अन्य प्रत्यासी आशिष ज्ञवालीले ८० र शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा सुजन ओली निर्वाचित भएका छन्। महासचिवमा भागवत भट्टराई विजयी भए भने सचिवमा हिमाल पौडेल विजयी भएका छन्।

यस्तै, कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएकी छन्। सदस्यहरूमा अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, चेतबहादुर अधिकारी र शोभित थपलिया निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्