Logo
Logo

एकीकृत समाजवादीले तोक्यो ६ प्रदेशका इन्चार्ज




काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)ले ६ प्रदेशमा इन्चार्ज तोकेको छ । सुदूरपश्चिमबाहेक सबै प्रदेशको इन्चार्ज तोकिएको तोकिएको हो ।


प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई इन्चार्ज तोकिएको छ । सुदुरपश्चिममा भने निर्णय गरिएको छैन ।

उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ तोकिएका छन्। एमालेबाट फुटेको एकीकृत समाजवादीले जिम्मेवारी बाँडफाँडका कामलाई तिव्रता दिएको छ ।
अध्यक्ष नेपालले पार्टी छिट्टै देशकै ठूलो पार्टी बन्ने बताएका छन् । रामेछापका नेता तथा कार्यकर्तासँगको भेटमा उनले अबको नेतृत्व युवा पुस्ताले गर्ने र समाजवादको बाटो धेरै लामो नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्