Logo
Logo

कुमारी बैंकद्वारा ‘निःशुल्क एन्टिजेन टेस्ट क्याम्प’ आयोजना



काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूतगतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि ‘निःशुल्क एन्टिजेन टेस्ट क्याम्प’ आयोजना गरेको छ । काठमाडौंको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आयोजना गरेको सो क्याम्पमा एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमै जानकारी गराएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइमा बैंकले सहयोग गर्ने उद्देश्यले कार्यकम आयोजना गरेको बैंकले जनाएको छ । आफ्नो डिजिटल सार्माथ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिंक ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्