Logo
Logo

लेवल नेपालको अनलाइन सपिङ खुल्यो


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौं । लेवल नेपाल(रुट्स फेसन प्रा.लि.) दरवारमार्गले देशभर आफ्नो सेवा र व्यवसाय विस्तार गर्न labels.com.np अनलाइन सपिङ सेवा शुरु गरेको छ । देश भरका ग्राहकहरुको सुविधाको लागि अनलाइन सपिंग शुरु गरेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा लेवल स्टोर प्रा.लि.का मेनेजिंग डाइरेक्टर संजिव तुलाधरले वताउनु भयो ।

लेवल डट कम डट एनपिवाट देश भरका ३७ वटा प्रमुख शहरवाट विश्व प्रशिद्ध ब्राण्ड एडिडास, रिवक, लिवाइज, क्यव अमेरिकी वाइक र फिटविट कम्पनीका घडी लगायत उत्पादनहरु खरिद गर्न सकिनेछ ।

अहिले काठमाण्डौंको दरवार मार्ग , जावलाखेल, सिटि सेन्टर लगायत १३ वटा पसलवाट विक्रि हुँदै आएको विश्व प्रशिद्ध स्पोर्टस् ब्राण्ड अनलाइन सपिंग शुरु भएपछि देशभरवाट खरिद गर्न सकिनेछ ।

अनलाइन मार्फत खरिद गरिएका सामाग्री होम डेलिभरीको व्यवस्था पनि गरिएकोछ ।

२० वर्ष अगाडि स्थापित रुट्स फेसन प्रा.लि.ले एडिडास, रिवक, लिवाइज, क्युव अमेरिकी बाइक र फिटविटका घडीहरु मात्र होइन, अमेरिकी कम्पनीको फाइव प्वाइन्ट इलाभेन, अण्डर आर्मर र जापानको प्रशिद्ध ब्राण्ड असिस स्पोर्टस्का सामाग्रीको नेपालमा आधिकारिक विक्रेता कंपनी हो ।

सूचना प्रविधिको विकास संगै व्यवसायलाई जोड्न अनलाइन सपिंग सेवा शुरु गरेको मेनेजिंग डाइरेक्टर तुलाधरले पत्रकार सम्मेलनमा वताउनु भयो ।

आजदेखि शुरु भएको यो सेवामा झापा, विर्तामोड, विराटनगर, इटहरी, जनकपुर, बुटवल, पोखरा, पाल्पा, नेपालगंज, सुर्खेत, धनगढी लगायतका क्षेत्रवाट ग्राहकहरुले सम्पर्क गरिरहेको जानकारी पनि कम्पनीले दिएकोछ । एडिडासका जुत्ता र खेलकुद सामाग्री वारे ग्राहकहरुले वढी चासो राखेको वताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्