Logo
Logo

भारतले नेपाललाई जीटूजीमार्फत रासायनिक मल बेच्ने



काठमाडाैं । नेपाललाई जीटुजी तहमा रसायनिक मल विक्री गर्न भारत सहमत भएको छ । वार्षिक निश्चित परिमाणमा रसायनिक मल विक्री गर्न सरकारले गरेको प्रस्तावको एक वर्षपछि भारत सहमत भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको प्रस्तावमा भारतले प्रारम्भिक समझदारी जनाएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल भारत सचिवस्तरीय बैठकमा मल खरिदका लागि नेपालद्धारा प्रस्तावित मस्यौता भारतले स्वीकृत गर्ने सहमति भएको कृषि सचिव डा।कृष्ण प्रसाद आचार्यले बताए ।

सरकारले स्वीकृत गरिसकेको मल खरिद सम्बन्धि सम्झौताको मस्यौदा अब भारत सरकारले पनि स्वीकृत गर्ने र मल खरिदका लागि दुई देशबीच हस्ताक्षर हुने छ ।

सरकारले स्वीकृत गरेर भारतसामु पेश गरेको समझारीको मस्यौदाअनुसार भारतले मल दिए जीटूजी मार्फत पाँच वर्ष नेपालले मल पाउने छ ।

नेपालको कुल मल खपतको २० देखि २५ प्रतिशत मल भारतबाट ल्याउन जीटूजी अघि बढाइएको मस्यौदामा उल्लेख छ ।

मल खरिदका लागि भएको प्रारम्भिक समझदारी अनुसार नेपाललले चार वर्षसम्म भारतबाट वर्षेनी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्