Logo
Logo

गाँजा बेचेको आरोपमा राजीव काफ्ले पक्राउ



काठमाडौं । एचआईभी संक्रमितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नव जीवन प्लस’ नामक संस्था चलाएका छन् । सो संस्थासँगै रहेको उनले नै सञ्चालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा उनलाई पनि पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले बताए ।

ब्यूरोले ‘हिप्पी हिल’ का एक जना कामदार र त्यहाँ गाँजा किन्न आएका ग्राहकलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा काफ्लेलाई पक्राउ गरेको बताइएको छ । गृह मन्त्रायलयको लिखित निर्देशनपछि काफ्लेलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो श्रोतले जानकारी दिएको छ ।

हिप्पी हिलमा खुलेआम गाँजा बिक्री गरेको आरोप लागेका काफ्ले पछिल्लो समय गाँजामाथिको प्रतिवन्ध हटाउनु पर्छ भनेर अभियान चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्