Logo
Logo

अदालतभित्रै दुर्घटना, न्यायाधीशको गाडीको ठक्करबाट महिलाको मृत्यु




काठमाडौं । मोरङमा अदालतभित्रै भउको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । जिल्ला अदालत मोरङको ५ नम्बर इजलासका न्यायाधीश इश्वर पराजुलीको गाडीको ठक्करबाट महिलाको मृत्यु भएको हो ।

जिल्ला अदालतमा कार्यरत कार्यलय सहयोगी फडिन्द्र दाहालको श्रीमती लक्ष्मी दाहाललाई गाडीले ठक्कर दिएको हो । घटनास्थलमै उनको मृत्यु भएको हो । न्यायाधीश पराजुली चढ्ने कार पिएसओ बिन्दकुमार सिंह र सवारीचालक ले गाडि दुर्घटना गराएर गराएका हुन् । मृतक महिला अदालतमै क्यान्टिन चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्