Logo
Logo

ताप्लेजुङमा सर्वाधिक धन राशीको भलिवल प्रतियोगिता हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , १० वैशाख ।

ताप्लेजुङ जिल्लाको मैवाखोला गाँउपालिकामा नेपालको सर्वाधिक धन राशीको “तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगीता २०७६” आयोजना हुने भएको छ ।


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईको उपस्थितीमा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टिमलाई नगद तिन लाख एकाउन्न हजार पाँचसय पाँच रुपैया, उप विजेता टिमलाई नगद एक लाख छ्यहत्तर हजार दुई सय एकाउन्न रुपैया र सेमी फाईनलका उप विजेता टिमहरुलाई जनही पचास हजार रुपैया नगद प्रदान गर्ने र प्रतियोगिताको कुल लागत छत्तिस लाख छपन्न हजार लाग्ने आयोजकले जनाएको छ ।


वैशाख २२ देखि २६ गते सम्म मैवाखोला गाँउपालिका वाड नं. ३ साँघु स्थित नारायणी मा.वि.को खेल मैदानमा सञ्चालन हुने खेलकोे नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ जिल्ला निवासी हाल काठमाडौंमा व्यवसाय गर्ने व्यवसायीहरु वलबहादुर तामाङ्ग, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा पुरस्कार प्रायोजन गरेका छन् ।


नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागेको प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्