Logo
Logo

रुपन्देहीकाे घोडाहास्थित पक्की पुल भासिएपछि सडक अवरूद्ध



बुटवल । बुटवल रुपन्देहीकाे देवदह नगरपालिका-९ स्थित घोडाहा खोला पुल भासिनुका साथै नवलपरासी सुनवलकाे डाईभर्सन बगाउँदा अवरूद्ध बनेकाे (पुर्व-पश्चिम) राजमार्ग सडक खण्ड अझै खुल्न सकेकाे छैन ।

केहिदिन अघि परेकाे अविरल वर्षाले क्षति पुर्‍याएकाे बुटवल–नारायणगढ सडक खण्डको घोडाहास्थित पक्की पुल र सुनवलकाे डाईभर्सनका कारण अबरूद्व पूर्व-पश्चिम राजमार्ग खुल्न नसकेकाे हाे ।

पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन्। बुटवलवाट नारायणगढ, काठमाडौं र पुर्वतर्फ जाने सवारीसाधन भैरहवा नवलपरासी भुमहि हुँदै सचालान भएका छन् ।

बैकल्पिक सडक निर्माण र बेलिब्रिज निर्माणकाे काम भईरहेकाे र केही दिनमा पूरा हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।

जाेखिम भएका कारण प्रहरीले भासिँएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्