Logo
Logo

एमसीसी उपाध्यक्षलाई उर्जामन्त्रीको जवाफ, ‘राजनीतिक सहमति आवश्यक छ’



काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सँग एमसीसीका विषयमा राजनीतिक सहमति र जनताको चाहना अनुसार नै निष्कर्षमा पुग्ने बताएकी छन् ।

शुक्रबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमारले सिंहदरबार पुगेर गरेको शिष्टाचार भेटमा मन्त्री भुसालले एसमीसीका सन्दर्भमा आएका अनेक विषयमा राष्ट्रिय सहमति खोज्ने र जनभावना अनुसार अघि बढ्ने बताएकी हुन् ।

भेटमा एमसीसी उपाध्यक्ष सुमादारले सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब रूपैयाँ सहयोगले देश विकासमा सहयोग पुग्ने दावी गरेकी थिइन् ।

उनले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा नै सम्झौता भएकाले त्यसको कार्यान्वयनमा सहयोग गर्न मन्त्री भुसाललाई जोड दिएकी थिइन् ।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्