Logo
Logo

त्रिचन्द्र कलेज र घण्टाघरको पुनर्निर्माण हुने



काठमाडौं । सरकारले त्रिचन्द्र कलेज र घण्टाघरको पुनर्निर्माण गर्ने घोषणा गरेको छ । शुक्रबार संसदमा अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत जीर्ण अवस्थामा रहेको त्रिचन्द्र कलेज र नजिकैको घण्टाघरको पुनर्निर्माण गर्ने जनाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटले ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा दुवैको पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरे । केही दिन अघि त्रिचन्द्र कलेज जोगाउन माग राख्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

त्यस्तैगरी विश्वविद्यालयहरुलर्ई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रूपमा विकास गरिने सरकारले योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्