Logo
Logo

एमालेको प्रवक्ता को ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रवक्ता को ? भन्ने विवाद अझै टुंगिन सकेको छैन । पार्टीको आधिकारिक धारणा सार्वजकिन गर्ने तथा पार्टीको बिज्ञप्तीमा प्रवक्ता भनेर सचिव प्रदिप ज्ञवाली आउने गरेका छन् । तर, अर्का सचिव योगेश भट्टराईले प्रवक्ता को हुने भन्ने बिषय अझै टुंगो नलागेको बताए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृित प्रतिष्ठानमा एमालेको स्थायी कमिटीको बैठक चलिरहेको छ । बैठकमा सहभागि हुन पुगेका सचिव भट्टराईले पार्टीको प्रचार विभागको प्रमुख आफू नै भएको र सो विभागले गर्ने कामसमेत आफैँले गरिरहेको बताए ।

‘पार्टीको प्रचार विभागको प्रमुख त मै हो । प्रवक्ता आफू हुने कि प्रदिप ज्ञवाली अझै टुंगिएको छैन’ भट्टराईले भने, ‘२ जेठ २०७५ मा पार्टी फर्किएकाले प्रचार बिभाग प्रमुख म आफैँ रहेको र त्यतिबेला पार्टीको आधिकारिक धारणा तथा निर्णय मिडियामा सुनाउँथे । अहिले प्रचार बिभागका काम गरिरहेको छ ।’

सचिव भट्टराईले प्रवक्ता टुंगो नलागेको बताएपनि पार्टीको विज्ञप्ती जारी हुँदा प्रवक्ता भनेर ज्ञवालीकै नाम उल्लेख गरिएको हुन्छ । १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूह छोडेर एमालेमै बसेर दोस्रो पुस्ताका नेताहरु आफ्नो पुरानो जिम्मेवारी पाउनुपर्ने दावी गर्दै आएका छन् ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले १० बुँदे कार्यान्वयन नहुने उद्घोष गरेपछि दोस्रो पुस्ताका नेताहरु अलमलमा परेका छन् । उनीहरुले आफ्नो पुरानो जिम्मेवारीसमेत नपाउने र नयाँ जिम्मेवारी के हुने भन्ने टुंगो नलाग्दा उनी अलमलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्