Logo
Logo

९९४ संक्रमित थपिए, १२ जनाको मृत्यु



काठमाडौं । नेपालमा शनिबार ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ८४० नमुना परीक्षण गर्दा ९९४ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ७७७ र एन्टिजेनबाट २१७ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ३६८ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्