Logo
Logo

प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरुद्ध गरिरहेका छन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

आइतबार नै एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई संसद बैठक अवरोध गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्