Logo
Logo

कास्कीका एसपी उत्कृष्ट




काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रदेश अन्तर्गतका जिल्लाहरूबीच भएको कार्य सम्पादन सम्झौताबमोजिम कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापा उत्कृष्ट भएका छन् ।

वार्षीक कार्ययोजना अनुसार २०७८ वैशाखदेखी असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्याङकनको आधारमा अधिकतम अंक हासिल गरी कास्की उत्कृष्ट जिल्ला बन्न सफल भएको हो ।
प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले कास्कीका एसपी थापालाई आइतबार प्रशंसापत्र प्रदान गरेका छन् । कास्की प्रहरीले बलात्कारपछि हत्याको पुरानो घटना सुल्झाउनुका साथै जिल्लाभित्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा पुरस्कृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्