९११ संक्रमित थपिए, १३ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

९११ संक्रमित थपिए, १३ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा आइतबार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८३८ र एन्टिजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ७ हजार ८७८ १३७ जनाको पीसीआर र ३ हजार १४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ४२३ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४५७पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्