Logo
Logo

संसदको गतिरोध अन्त्य कहिले ? देउवा भन्छन्-ओलीलाई सोध्नु



काठमाडौंं । प्रधानमन्त्री शेर बहादुर देउवाले संसदको अवरोधका बारेमा एमाले अध्यक्ष केपी ओलीलाई सोध्न सुझाव दिएका छन् ।

आइतबार संसद अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधनमन्त्री देउवाले संसदको अवरोधका बारेमा ओलीलाई सोध्न भनेका हुन् ।
संसदको चालू अधिवेशन सुरु भएदेखि नै एमालेले सदनमा अवरोध गर्दै आएको छ ।

बैठक सञ्चालनका विषयमा सभामुखले सोमबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । अवरोधका बीच पनि संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन विधेयक सरकारले प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्