Logo
Logo

आगमी चुनावमा एमालेलाई पत्तासाफ गर्छाैँ : दिपेश पुन



तनहुँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले आउँदो चुनावमा कांग्रेसलाई हाफ र एमालेलाई पत्तासाफ पार्ने बताएका छन् ।

अखिल क्रान्तिकारी तनहुँको २२ औं जिल्ला सम्मेलनलाई सम्बोध गर्दै उपाध्यक्षले पुनले आगमी चुनावमा कांग्रेसलाई हाफ र एमालेलाई पत्तासाफ पर्ने गरी आफूहरु अगाडि बढेको बताएका हन् ।

नेपालको सबै परिवर्तन माओवादीको एजेण्डामा भएको तर राज्य सत्ता चाहिँ माओवादीको परिवर्तनकारी एजेण्डा विरोधी कांग्रेस र एमालेहरुले चलाइरहेकाले जनताको आधारभूत जीवनमा परिवर्तन आउन नसकेको उनको भनाइ छ ।

नेपालमा राजतन्त्रको अन्त्य भएपनि देश र जनताको आधारभूत जीवनमा परिवर्तन आउन नसकेको पुनको भनाइ छ । उनले भने, ‘अब देश र जनताको अवस्था बदल्ने चुनौती आम युवा विद्यार्थीको काँधामा आएको छ । त्यसैले अखिल क्रान्तिकारी रचनात्मक र सृजनशील आन्दोलनको नीति अपनाउँदै अगाडि बढ्ने छ ।’

उनले संविधानमा मौलिक हकको रुपमा लेखिएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लागि शसक्त संघर्षको गर्नेपर्नु बताए । विभेदपूर्ण शिक्षाको अन्त्य गर्दै समान शिक्षा प्रणाली लागू गर्न नयाँ कार्यक्रम लिएर संगठन अघि बढ्को दाबी गरे ।

पुनले संगठन विधि र पद्धतिमा चल्ने बताउँदै वरिष्ठता, योग्यता, क्षमता, सक्रियता र निरन्तरताका आधारमा संगठनले जिम्मेवारी दिने बताए । संगठनको काम छोडेर नेताहरुको आशिर्वादको पछि लागेर मात्र नेता हुन्छु भन्ने सपना नदेख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्