Logo
Logo

प्रमुख भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् ।

भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारी कायम गरी राजस्‍व संकलन वृद्धि गर्न कर्मचारीहरुलाई निर्देशन दिए । भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु परीक्षण गर्न सजिलो हुने छ भने समयको समेत बचत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्