प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने « Drishti News – Nepalese News Portal
Logo

प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने


दृष्टि संवाददाता


धनुषा । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा सहभागी जनाउने निर्णय गरेको हो ।

बैठकबाट शत्रुधन महतालाई संसदीय दलको नेताका रूपमा चयन गरिएको छ । सरकारमा सहभागी हुने विषयमा महताले नै मुख्यमन्त्री लालबाबु राउतसँग समन्वय गर्ने छन् ।

सरकारमा सहभागी हुनेको नाम भने सहमतिका आधारमा टुंग्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्