Logo
Logo

सीमामा मदिरा र लागु औषध नियन्त्रण गर्न नेपाल-भारत सहमत



जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले सीमामा लागु औषध र मदिरा नियन्त्रण गर्न सहमत भएका छन् ।

नेपालको तर्फबाट प्रदेश–२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा जनकपुरधाममा बसेको बैठकले नेपालको तर्फबाट मदिरा र भारतको तर्फबाट लागु औषध नियन्त्रण गर्ने सहमति भएको हो ।

यस्तै, बैठकमा बिहारमा आगामी २९ सेप्टेम्बरदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनको ४८ घण्टाअघिदेखि दुबै देशको सीमा सिल गर्ने पनि निर्णय भएको छ ।

बैठकमा सप्तरीसहित सिरहा, धनुषा र महोत्तरीका सुरक्षा अधिकारी तथा भारतको दरभंगा र मधुवनीका सुरक्षा अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्