
काठमाडाैं । आन्तरिक राजश्व विभागले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको भन्दै धनगढीको वेस्टर्न लिकरसँग ५६ करोड जरिवाना रकम माग गरेको छ ।
गत महिना कम्पनीको कार्यरत कामदारको घरबाट बरामद गरिएको स्टीकरको जाँच गर्दा नक्कली भएको प्रमाणित भएपछि विभागले लिकरसँग ५६ करोठ जरिवाना माग गरेको हो ।
आन्तरिक राजस्व विभागले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गर्ने वेस्टर्न लिकरलाई ५६ करोड जरीवाना गरेको छ। विभागले धनगढीमा रहेको यो उद्योगसँग सो रकम बराबरको जरीवाना रकम माग गरेको हो।
एक महिना अघि कम्पनीको कामदार बस्ने घरबाट नक्कली स्टीकर बरामद भएपछि विभागले अनुसन्धान सुरु गरेको थियो। बरामद भएको स्टीकर विभागमा जाँच गर्दा नक्कली भएको प्रमाणित भएको छ ।
उक्त स्टीकिर करिव ७ करोड मूल्य बराबरको रहेको विभागको अनुसन्धानबाट खुलेको छ । विभागका अनुसार कम्पनीले सस्तो मदिरा पहाडी क्षेत्रमा विक्री गर्ने गरेको थियो । हाल उद्योगबाट ५० र ७० युपीको सस्तो मदिरा उत्पादन हुँदै आएको छ । जरिवानासँगै विभागले कम्पनीकोि उत्पादनमा रोक लगाएको छ ।












