Logo
Logo

एक हजार ७६० संक्रमित थपिए, ७ जनाको मृत्यु



काठमाडौं । नेपालमा बुधबार एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५२४ नमुना परीक्षण गर्दा एक हजार ७६० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट १ हजार ३३२ र एन्टिजेनबाट ४२८ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १२ हजार ५२४ जनाको पीसीआर र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै सोही अवधिमा १ हजार २२० जना संक्रमणमुक्त भएका छ ।

देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ६७९ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ६२४ संक्रमित छन् भने ४०७ जना आइसियुमा र १२९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्