Logo
Logo

नेप्सेमा पहिरो, कारोबार नौ अर्बमाथि



काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६ दशमलव ६५ बिन्दुले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेले साताको अन्तिम दिन पनि सोही अवस्था कायम राख्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको ओरालो यात्रापछि नेप्से दुई हजार ८ सय १२ दशमलव ३८ मा ओर्लिएको छ । झण्डै तीन हजार ३०० बिन्दुमा पुगेको नेप्से परिसूचक पछिल्ला दिनमा लगातार घट्दै जाँदा दुई हजार ८ सय बिन्दुमा झरेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७३ अङ्कले घटेर ५ सय २५ दशमलव ७८ मा सीमित भएको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ ।

बुधबार कारोबार रकम रु पाँच अर्बको हाराहारीमा थियो । बिहीबार कूल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर रु नौ अर्ब तीन करोड ३९ लाख ६ सय २३ मा कारोबार भयो ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ४१ दशमलव १४, व्यापार १ सय १० दशमलव १३, होटल तथा पर्यटन १ सय २५ दशमलव ८३, विकास बैंक १ सय ९७ दशमलव २२, जलविद्युत् १ सय ३७ दशमलव ७९, वित्त १ सय ३९ दशमलव ४४, निर्जीवन बीमा ३ सय ८३ दशमलव ७, उत्पादन १ सय ३७ दशमलव ३९, अन्य ३१ दशमलव १६, लघुवित्त १ सय ७१ दशमलव ७७, जीवन बीमा ४ सय ५२ दशमलव ५९, सामूहिक लगानी कोष ० दशमलव २४ र लगानी २ दशमलव ३९ अङ्कले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३८ करोड ६० लाख ४३ हजार ५०८ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर रु २८ करोड ३८ लाख ७४ हजार ४ सय ५५, अपि पावर कम्पनी रु २५ करोड ५८ लाख ७८ लाख २०९, युनाइटेड मोदी हाइड्रोपावर रु २२ करोड ९८ लाख ५३ हजार ४७१ र हिमालयन डिस्टिलरी रु २० करोड ४३ लाख ९० हजार ५०७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३५ अर्ब ७४ करोड १८ लाख ८८ हजार ७२२ बराबर भएको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै आइसिएफसी फाइनान्सको डिवेञ्चर १.२३, सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ०.७७ प्रतिशतले कमाए । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक ८.१७, श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१८, आइसिएफसी फाइनान्स ७.०३, लिवर्टी इनर्जी ६.७४ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.५६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्