Logo
Logo

भत्ता माग्दै अदालतका कर्मचारी आन्दोलित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ बैशाख ।
भत्ता माग गर्दै सर्वाेच्च अदालतका कर्मचारी आन्दोलित भएका छन् ।
अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता उपलव्ध गराउनुपर्ने माग राख्दै अदालतका कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

०७५ श्रावण महिना देखि अतिरिक्त काम गरेको भत्ता नपाएको भन्दै उनीहरु आन्दोतिल भएका हुन् । सरकारले चैतदेखि उनीहरुलाई भत्ता दिने निर्णयउउनीहरुले आन्दोलन घोषणा गरेको पहिलो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । आन्दोलित कर्मचारीले असक्षम, अयोग्य र कनिष्ठलाई गरिएको न्यायाधीश नियुक्ति सच्याउनुपर्ने, कार्यालय समय १०–५ गर्नुपर्ने लगायतका माग राखेका छन् ।

आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार १ घण्टा कार्य वहिष्कार हुने बताइएको छ । त्यसपछि माग पूरा नभएमा दैनिक एक घण्टा थप गर्दै वैशाख २३ गते देखि पुरै कार्यलय समय वहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्