Logo
Logo

आजदेखि दशैँ-तिहार लक्षित सुपथ मूल्य पसल



काठमाडौं । आजदेखि दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ बिक्री गरिने जनाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी सूचनाअनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म छुट हुनेछ । देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटा÷मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी/फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्