Logo
Logo

नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खला तेस्रो खेला नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेको नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

गएको सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । आज पनि जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिँदै छ ।

सोमबार अमेरिकालाई हराएको नेपाल गएको मङ्गलवार ओमानसँग भएको खेलमा भने पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्