Logo
Logo

सामूहिक हत्या प्रकरणका मुख्य आरोपीका भाइलाई सदरमुकाम ल्याइयो



संखुवासभा । मादी नगरपालिका– १ उम्लिङको सामूहिक हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई सदरमुकाम खाँदबारी ल्याइएको छ । लोकबहदुरकी बुहारी रञ्जना कार्कीको मोबाइल नरेशको साथमा भेटिएपछि पक्राउ परेका उनलाई आज (शुक्रबार) सोधपुछको लागि खाँदबारी ल्याइएको हो ।

फाइल तस्वीर

प्रहरीले नरेशको साथमा रञ्जानको मोबाइल कसरी भेटियो भन्नेबारे अनुसन्धान गरिरहेको छ । रञ्जनाको फोन लोकबहादुरले नै घरमा लगेर लुकाएका हुन या नरेश आफैँले लगे भन्नेबारे प्रहरीले अहिलेसम्म जानकरी दिएको छैन ।

सामूहिक हत्याको आरोपमा २५ वर्षीय लोकबहादुरलाई भदौ २६ गते प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्याको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्