Logo
Logo

सरकारलाई कर तिर्न एनसेललाई विद्यार्थी संगठनको दवाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ बैशाख । विभिन्न विद्यार्थी संगठनले एनसेलबाट कर उठाउन सरकारसँग माग गरेका छन् । एनसेलले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको भन्दै विद्यार्थी संगठनले आपत्ति समेत जनाएका छन् ।
विद्यार्थी संगठनले बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसललाई समेत अवज्ञा गर्ने एनसेलको रवैयाप्रति खेद प्रकट गरेका छन् । वाइसीएल नेपाल, अनेरास्वियु, युवासंघ नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)विद्यार्थी संगठनले जारी गरको विज्ञप्तिमा भनिएको छ, ‘कर तिर्न नपरोस् भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा चाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन ।’
विद्यार्थी संगठनले जसरी पनि एनसेलबाट कर असुल गर्न नेपाल सरकार र सम्वद्ध निकायसँग अनुरोध गरेको छ । साथै संगठनले एनसेललाई यथाशीघ्र कर बुझाउन अपिल गरेको छ ।
२४ घण्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दवावका कार्यकम्र घोषणा गरिने पनि विद्यार्थी संगठनले विज्ञप्तिमा जनाएका छन् ।
ठूला करदाता कार्यालयले पुँजीगत लाभकर तिर्न एलसेल प्रालिलाई सातदिने अल्टिमेटम दिएको छ । कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने कर निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्