Logo
Logo
साहित्य

कविता- तेस्रो धार



२ लेख्दा नबनेको २ ले
तेस्रो धार– मध्य धार
न वार, न पार भो
न साकार, न आकार
मात्र झुसिलो डकार

प्रवेश र निषेधबिचको रिक्ततामा
भौतारिनु पर्ने भो
भएका र अन्तका थपिने बीचमा
च्यापिएर बस्दा
न नौ, न दस नम्बरी बन्ने
२ लेख्दा नबनेको २
२ जस्तो–जस्तो मात्र बन्यो
खै मित्र, धेरै बुज्रुक भएर
का ! का !! गर्दा
हरियो आबादी पनि
बरबादीमा पो गुम्यो

प्रतिक्रिया दिनुहोस्