Logo
Logo

बद्री पंगनीको आयो ‘रंगशाला बन्छ नेपालीको’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ बैशाख । चर्चित गायक बद्री पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेटसम्बन्धी गीत सार्वजनिक गरेका हुन् ।
‘रंगशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्नेजस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यलाई समावेश गरिएको छ ।
खेलाडीले संसारभर नेपाल चिनाइरहेको बेला रंगशाला अनिवार्य आवश्यक रहेको र नेपाली मिलेर रंगशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्