Logo
Logo

अख्तियारको फन्दामा इन्सपेक्टर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ बैशाख ।
लाइसेन्समा भएको अनियमिततामा इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । यातायात व्यवस्था कार्यालय, महेन्द्रनगर, कन्चनपुरले सञ्चालन गरेको मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने प्रयोजनका लागि सञ्चालित लिखित परीक्षा र प्रयोगात्मक परिक्षामा आर्थिक चलखेल गरेका हुन् ।

 


२०७२।०३।१६ गते देखि २०७२।०३।२६ गते सम्म सञ्चालन भएको प्रयोगात्मक परिक्षामा असफल भएका परीक्षार्थीहरूबाट ५ देखि १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिएका थिए । यातायात व्यवस्था कार्यालय, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सिताराम खनाल, मेकानिकल इन्जिनियर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । मोटरसाइकलरस्कुटरको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका ८ जना परीक्षार्थीहरूलाई पास गराई सवारी चालक अनुमतिपत्र दिई आफूहरूलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले परीक्षाको परिणाम दिएको आयोगको छानबिनमा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्