Logo
Logo

बिआरआई फोरममा राष्ट्रपतिको सम्बोधन,‘बिआरआईले नेपालमा अवसरको ढोका खुल्ने छ।’


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, वैशाख १३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले आयोजना गरेको बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) को दोस्रो अन्तर्रा्ष्ट्रिय शीखर सम्मेलनलाई बेइजिङमा सम्बोधन गरेकी छिन् । सम्बोधनमा उनले बिआरईबाट हुने कनेक्टिभिटीले नेपालजस्ता भूपरिबेष्ठिक देशहरु लाभान्वित हुने बताइन् ।

 


नेपालले देशको विकासका लागि छिमेकी लगायत अन्य मित्र राष्ट्रहरुसँग द्धिपक्षिय तथा बहुपक्षिय सहकार्य र सहयोग बढाउन चाहेको बताइन् । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न चाहेको समेत उल्लेख गरिन् । ‘हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्ने मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं’ उनले भनिन्,‘हाम्रा विकासका चुनौतिहरु सामना गर्न छिमेकी लगायत अन्य मित्र राष्ट्रहरुसँग द्धिपक्षिय तथा बहुपक्षिय सहकार्य र सहयोग बढाउन चाहान्छौं ।’
े नेपालमा अहिले राजनीतिक स्थायित्व कायम भएकाले अबको लक्ष्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको राष्ट्रपति भण्डारील उल्लेख गरिन् । ‘अबको उदेश्य जनताको जिवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको छ । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उदेश्यद्धारा निर्दिष्ट छ । अतिकम विकासित राष्ट्रबाट स्तरउन्नति हुनु हाम्रो तत्कालको उदेश्य हो’, राष्ट्रपतिको भनाई थियो । उनले बिआईआरले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रलाई निक्कै फाइदा पुग्ने समेत बताइन् ।
‘नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वा्धिक महत्वपूर्ण छ । बढ्दो कनेक्टिभिटीसगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्वन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ’, उनले भनिन्,‘नेपाल चिन सिमा रेल्वे लगायत बहुआयमिक कनेक्टिभिजीको विकासले नेपाल र चीनविच मात्र नभई यस क्षेत्र र अन्य देशहरुसग कनेक्टिभिजीको प्रवद्र्धन गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्