Logo
Logo

नेपाल प्रहरीद्वारा देशभरी नयाँ कार्यक्रम सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ बैशाख ।
नेपाल प्रहरीले शुक्रबारदेखि देशभरी नयाँ कार्यक्रम सुरु भएको छ । स्कुल तथा कलेजमा हुने दुव्र्यवहारविरुद्ध अभियान सुरु भएको हो ।


सफल हुँदै गएको प्रहरीको ‘समुदाय– प्रहरी साझेदारी’अभियान अन्र्तगत स्कुल कलेजमा हुने ¥यागिङ तथा बुलिङविरुद्ध अभियान सुरु भएको हो ।
स्कुल कलेजलाई सुरक्षित र मर्यादित बनाउने योजना अन्र्तगत यो कार्यक्रम सुरु गरिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । यस अन्र्तगत स्कुल कलेजमा गएर प्रहरीले यस्ता गतिविधिबारे सचेतना दिने छ । साथै छात्राहरुलाई जिस्काउने, बेइज्जत गर्नेहरुलाई पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्